कोरोना कहर : साउदीमा हवाई उडान बन्द, ५० जनाभन्दा बढी भेला हुन रोक « Khabarhub

कोरोना कहर : साउदीमा हवाई उडान बन्द, ५० जनाभन्दा बढी भेला हुन रोक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबको आन्तरिक मन्त्रालयले आज सोमबारदेखि लागू हुने गरी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमन बन्द गरेको छ ।

नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाइएको छ ।

आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिनसक्ने समेत जनाइएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै  साउदी सरकारले कोभिड-१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको जनाएको छ ।

यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना गरिने दूतावसले जनाएको छ ।

सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण पालना गर्न साउदीमा रहेका नेपालीहरुलाई  दूतावासले अनुरोध छ।

यसैबीच कुवेतको सरकारी मिडियाका प्रमुख तारिक अल मुज्रीमले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने आउने सम्पूर्ण उडानहरु आज सोमबार राती ११ बजेदेखि जनवरी १ तारिख २०२१ सम्मको लागि बन्द गरेको जनाएको छ ।

यस्तै भूमि र समुद्री सीमाबाट प्रवेश गर्ने सम्पूर्ण नाकाहरु पनि बन्द गरिएको जनाएको छ ।

कुवेतको नागरिक उड्डयन महानिदेशालयले यो निर्णयलाई घटनाक्रम अनुसार समीक्षा गरिने समेत जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ०४ बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको