६ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा « Khabarhub

६ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०:१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

१४ कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका सात, जिल्ला आयोजना कार्यालय एकाइका पाँच, शिक्षा विकास तथा समन्वय एकाइका चार, कृषि ज्ञान केन्द्रका चार, सन्धिखर्क सबडिभिजन कार्यालयका चार र डिभिजन वन कार्यलयका दुई कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।

त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची तीन, स्वास्थ्य कार्यालय अर्घाखाँचीका तीन, मालपोत कार्यालय अर्घाखाँचीका एक, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका दुई, सडक पूर्वाधार विकास कार्यालयका दुई, सिँचाइ विकास डिभिजन कार्यालयका एक र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ४६ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ