म नै नेकपाको आधिकारिक प्रवक्ता हुँ : नेता श्रेष्ठ « Khabarhub

म नै नेकपाको आधिकारिक प्रवक्ता हुँ : नेता श्रेष्ठ


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले आफू नै नेकपाको आधिकारिक प्रवक्ता भएको बताएका छन्।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको दाबी गरेका हुन्।

उनले आफू कसैको व्यक्ति र गुटको प्रवक्ता नभइ नेकपाको प्रवक्ता भएको बताए ।

श्रेष्ठले कुनै गुटको भेलाको निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित नरहेको बताए।

यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटीको बैठकले श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ५४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज