कतारमा कोरोनाविरूद्ध खोप अभियान सुरु, पहिलो खोप डाक्टर कुबैसीलाई « Khabarhub

कतारमा कोरोनाविरूद्ध खोप अभियान सुरु, पहिलो खोप डाक्टर कुबैसीलाई



दोहा- कतारमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरु भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अभियान कतारमा पनि सुरू भएको हो ।

पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक ७९ बर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा  स्वास्थ्य केन्द्रमा पुगेर लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ ।

यसैगरी १६ बर्ष वा माथि उमेरका गम्भीर र दीर्घ रोगीहरू र वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ। सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू  मार्फत खोप दिने जनाएको छ ।

अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरूमध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : २५ बजे

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री