मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै « Khabarhub

मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए ।

गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस गरेको थियो । मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् ।

प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णयानुसार रकम आउन केही दिन लागे पनि जिल्ला प्रशासन कार्यालयले लिखितरूपमा मृतक परिवारलाई रु १० लाख पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले आफूलाई आधिकारीकरूपमा परिपत्र आएपछि मात्र सो काम गर्ने बताए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : ४३ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका