मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै « Khabarhub

मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने निर्णय गरेको जानकारी दिए ।

गत असोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस गरेको थियो । मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् ।

प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णयानुसार रकम आउन केही दिन लागे पनि जिल्ला प्रशासन कार्यालयले लिखितरूपमा मृतक परिवारलाई रु १० लाख पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले आफूलाई आधिकारीकरूपमा परिपत्र आएपछि मात्र सो काम गर्ने बताए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : ४३ बजे

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक