संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले सडक प्रदर्शन गर्ने « Khabarhub

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले सडक प्रदर्शन गर्ने


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–माधव समुहको नेकपा केन्द्रीय कमिटिको बैठकले पुष १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटिको बैठकले सरकारी निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रिय सदस्य, सासंदहरू लगायत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने र १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुष २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कमिटिको बैठकले प्रवक्ता नारायणकाजि श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : ०१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट