‘हर्न’ बजाउनेलाई कारवाही | Khabarhub Khabarhub

‘हर्न’ बजाउनेलाई कारवाही


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गरेको छ ।

गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडि बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “यो बीचमा नो हर्न : नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायौ, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौं”, रानाभाटले भने ।

ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सक्रियतामा दमौली बजारलाई नो हर्न : नो ओभरटेक घोषणा गरी यसबारे सङ्केत सामग्रीसमेत राखिएको थियो । दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न : नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैंकले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ ।

अनावश्यकरुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताए । उनले भने, “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यकरुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ ।”

दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजनाअन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुआत गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पुर्‍याउनुभएको छ”, रानाभाटले भने, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”

प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा १८ वटा जेब्राक्रस बनाउने तयारी पनि गरेको छ । जथाभावीरुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताए ।

“बजारको मुख्य मुख्य ठाउँ पहिचान गरी जेब्राक्रस बनाउँदैछौँ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ”, उनले भने । उनका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोकलगायतका ठाउँमा जेब्राक्रस बनाइनेछ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

“प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्यौँ भने त्यसले सुधार हुँदैन, सबैपक्षको सहयोग खाँचो छ”, उनले भने, “दमौली बजार एकाइ विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा एकाइकै सक्रियतामा सिसी क्यामरा जडानको काम शुरु भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ६ : १५ बजे

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा

रावलपिण्डी – न्युजिल्यान्ड र भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता : के कुरा भयो ?

वाशिंटन – अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १३ गते मंगलबार फागुन