वरिष्ठ नेता पौडेलले ओलीलाई दिए आफूसँग चुनाव लड्न चुनौती « Khabarhub

वरिष्ठ नेता पौडेलले ओलीलाई दिए आफूसँग चुनाव लड्न चुनौती


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौती दिएका छन् ।

बिहीबार सानेपामा केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्दै आफूसँग चुनाव लड्न चूनौती दिएका हुन ।

बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिएका थिए ।

पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए ।

सो जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिए ।

उनले ओलीले असंवैधानिक कदम चालेर लोकतन्त्रको हत्या गरेकाले कांग्रेस संविधान बचाउँन आन्दोलनमा उत्रिनुपर्ने तर्क गरे । त्यस्तै उनले संसद विघटन गरेर संविधानको हत्या गर्ने प्रयास गरेको तर्क गरे ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ९ : ०१ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार