कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम « Khabarhub

कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साहसिक जलयात्रा गर्नका लागि कर्णाली नदीमा ‘रिभर गाइड’ तालिम थालिएको छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ (नारा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि तीन दिनको सो तालिम सञ्चालन गरिएको हो ।

नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायलाई आवश्यक दक्ष रिभर गाइड सबै प्रदेशमा उत्पादन गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।

त्रिशुली, भोटेकोशी, कर्णाली, कोशी र नारायणी साहसिक जलयात्राका लागि महत्वपूर्ण नदीका रुपमा मानिन्छन् । पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्नेछ ।

दक्ष रिभर गाइड उत्पादनका लागि प्रत्येक प्रदेशमा जलयात्रा तालिम सञ्चालन गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले बताउनुभयो । निःशुल्क रुपमा प्रदान गरिने सो तालिमले बेरोजगार युवालाई पर्यटन उद्योगमा आवद्ध हुन सहयोग पुग्ने विश्वास नाराको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ५८ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते