वामपन्थी नेता स्वनाम साथीको निधन « Khabarhub

वामपन्थी नेता स्वनाम साथीको निधन


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वामपन्थी नेता स्वनाम साथीको निधन भएको छ ।

स्वनामको शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

लामो समय मिर्गौला रोगबाट पीडित भएका उनलाई पछिल्लो समय निमोनियासँगै कोरोना संक्रमण पनि भएको थियो। उपचारका क्रममा उनी संक्रमणमुक्त भएका थिए।

वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए। २००६ सालमा म्याग्दीमा जन्मेका उनी २०२५ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए।

स्वनामको शनिबार अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : २८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने