यस्ता छन् तनाव कम गर्ने उपाय « Khabarhub

यस्ता छन् तनाव कम गर्ने उपाय


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिन्ता वा तनाव वर्तमान समयको ज्वलन्त समस्या भएर देखा परेको छ ।

यो समस्याबाट पीडित व्यक्तिहरू बाहिरबाट हेर्दा सामान्यझैँ देखिए पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन् । तनावका कारण उनीहरूको संसार उराठ, जिन्दगी निरस अनि सर्वस्व धरापमा परेको हुन्छ । त्यसैले यस्तो समस्याबाट जतिसक्दो छिटो निस्कनु राम्रो हो ।

यसरी कम गर्नुस् तनाव

–तनाव उत्पन्न गराउने कारक तत्वबाट सकेसम्म टाढा रहने ।

–सकेसम्म शान्त भएर बस्न प्रयास गर्ने ।

–यति गर्दा पनि तनाव आइरहन्छ, त्यसलाई पन्छाउन सकिँदैन भन्ने लाग्यो भने त्यसप्रति उपेक्षाभाव राख्ने ।

–दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्यधारण गर्न प्रयास गर्ने ।

–मनभित्र दबिएर बसेका भावना वा कुण्ठालाई बाहिर निकाल्ने ।

–सम्भव भएसम्म खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने ।

–सत्संग गर्ने । सकारात्मक भावनायुक्त साथीसँगीसित मात्र संगत गर्ने ।

–सात्विक वा सादगीपूर्ण आहारविहार एवं जीवनशैली अँगाल्ने ।

–गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । नियमित योगाभ्यासका साथै दैनिक कम्तीमा २० मिनेट ध्यान गर्ने ।

–यति गर्दा पनि तनावसम्बन्धी मानसिक तथा शारीरिक लक्षण देखा परेको अवस्थामा चिकित्सकको परामर्श लिने । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ४५ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक