हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते  « Khabarhub

हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते 


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर-  हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ३३ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज