सम्भव छैन एसियाली शताब्दी | Khabarhub Khabarhub

सम्भव छैन एसियाली शताब्दी



चीनको उदयले अबको विश्वशक्ति एसियामा ‘सिफ्ट’ हुने धेरैको आकलन भए पनि एसियाली शताब्दीको सपना पूरा हुने सम्भावना कम छ ।

केही समयअघि जापानको समुद्री तटमा एसियाका चारवटा शक्तिराष्ट्रका वायु सेना टकरावबाट जोगिए । त्यसबेला चीन र रुसले पहिलो संयुक्त हवाई गस्ती गर्दै थिए ।

एकाएक ती विमान दक्षिण कोरियाको भूभागमा प्रवेश गरेपछि दक्षिण कोरियाली सेनाले रुसी कमाण्ड र कन्ट्रोल एअरक्राफ्टमा चेतावनी स्वरूप तीन सयभन्दा बढी हवाई फायर गरे ।

त्यहीबेला जापानी सेना पनि आफ्नो सीमा क्षेत्रमा केही समस्या आए प्रतिकार गर्न तम्तयार भएर बसेको थियो । यो अप्रत्यासित मुठभेडले इन्डो–प्यासिफिक क्षेत्रको शान्तिपूर्ण स्थिति खलबल्याउन सक्ने जोखिमबारे सचेत बनायो ।

अकल्पनीय हिसाबमा खस्कँदो चिनियाँ अर्थतन्त्र र हङकङमा प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनदेखि जापान र दक्षिण कोरियासँगको शीतयुद्धको स्थितिले एसियाली युगको रूपमा विकास हुन सक्ने भनिएको यो क्षेत्र आशा गरिएको दिशातर्फ नगएको प्रतीत हुन्छ ।

त्यस्तै, यो घटनाले मार्टिन ज्याक्स् र किशोर महबुबानी जस्ता लेखकले गरेको एसियाली शताब्दीको भविष्यवाणी अनुमान गरेभन्दा छिटो अन्त्य हुने खतरा पनि उत्पन्न गरिदियो ।

अकल्पनीय हिसाबमा खस्कँदो चिनियाँ अर्थतन्त्र र हङकङमा प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनदेखि जापान र दक्षिण कोरियासँगको शीतयुद्धको स्थितिले एसियाली युगको रूपमा विकास हुन सक्ने भनिएको यो क्षेत्र आशा गरिएको दिशातर्फ नगएको प्रतीत हुन्छ ।

लामो समयदेखि एसियाको भूराजनीति अशान्त रहँदै आए पनि चीन विश्व शक्तिराष्ट्र बन्दैछ भन्ने बहानामा यो तथ्य बेवास्ता गरिएको थियो । विश्व शक्तिको रूपमा चीनको उदयसँगै ‘एसियाली मूल्य मान्यता’ ले साझा भावना प्रकट गर्ने सबैको अनुमान थियो । त्यो साझा भावनाले अमेरिकी प्रभाव कम गर्छ भन्ने आकलन पनि थियो ।

विश्वमा रहेको वासिङटनको प्रभाव बेइजिङ र नयाँ दिल्लीमा सर्ने अड्कलसमेत धेरैले गरेका थिए । तर, यी क्षेत्रका नयाँ शहरका इमारत चम्किनुअघि नै यसका आधार खल्बलिन थालेको प्रतीत हुन्छ ।

समस्याग्रस्त एसियाली क्षेत्र

एसियाली शताब्दीको यो आशामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भूकम्प ल्याइदिए ।

ट्रम्प प्रशासनले बेइजिङसँग ‘व्यापार युद्ध’ सुरु गर्दै चीनबाट अमेरिकामा आयात गर्ने आधाभन्दा बढी सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएर चीनको खस्कँदो अर्थतन्त्रलाई तिव्रता दियो ।

सन् १९९० पछिको चीनको आर्थिक वृद्धिदरको अनुपातमा गएको तीन महिनाको आर्थिक वृद्धिदर निकै कम छ । यो तीन दशक यताकै कमजोर आर्थिक वृद्धिदर हो ।

एसियाको प्रजातान्त्रिक यात्रा खतरामुक्त छैन । जापान र दक्षिण कोरियाको सम्बन्ध लगभग विच्छेदको अवस्थामा छ ।

एकछिनलाई चीनको आर्थिक वृद्धिदर ६ दशमलव २ प्रतिशत रहेको विश्वास गरिए पनि यो ट्रम्प प्रशासनको व्यापार घाटाको मात्रै परिणाम होइन । यसले चीनको अर्थव्यवस्थाको सामान्य कमजोरी पनि प्रकट गर्दछ । जहाँ अर्थपूर्ण सुधार अवरुद्ध छ र पहिलेजस्तै आर्थिक प्रभावहीनता थाती रहेको छ ।

चीनबाट हुने अमेरिका निर्यातको अवस्था पनि खास राम्रो छैन । योसँगै बाँकी विश्वसँग हुने उसको निर्यात पनि घटेको छ । यसैबीच आर्थिक मन्दी कम गर्न र विश्व आपूर्ति शृंखलालाई निरन्तरता दिन गुगल, डेल लगायतका दर्जनौँ प्रमुख कम्पनीले चीनबाट हुने उत्पादन कि घटाएका छन् कि बन्द गरेका छन् । चीनको बिग्रँदो आर्थिक अवस्थाको चित्र शायद केही समयअघि प्रकाशित एक प्रतिवेदनले पनि दिन्छ ।

प्रतिवेदनमा भनिएको छ–  ‘देशको कुल ऋण संस्थान, घर र सरकारसँग छ । यो कुल गार्हस्थ उत्पादनको तीन सय प्रतिशत हुन आउँछ । यो ऋणको अधिकांश हिस्सा अपारदर्र्शी र यसको लेनदेन जटिल भएकाले यो जुनकुनै बेला विस्फोट हुने अवस्थामा छ ।’

आर्थिक संकटबाट गुज्रिएको देश चीनमात्रै होइन । दक्षिण कोरिया र जापानजस्ता विकसित देशहरूमा वर्षौँको सुधारका बाबजुद सुस्तता जारी छ । केही वर्षयता भारतको मध्यम वर्गीय समाजको वृद्धिदरमा आधा कमी आएको छ । जसले गर्दा मध्यम वर्गीय मानिसको विकास कुन हदसम्म लैजाने हो भन्ने प्रश्न खडा हुन्छ । यस्तो डर दक्षिण पूर्वी एसियाका अन्य देशमा पनि व्याप्त छ ।

अर्थतन्त्र समस्याको एउटा कारणमात्र हो । चीनले हालैको समयमा हङकङ र ताइवानको प्रजातान्त्रिक आन्दोलन दबाउन प्रयोग गरेको शक्तिले यस क्षेत्रमा राजनीतिक स्थिरता कायम गर्न कत्तिको गाह्रो छ भन्ने कुराको संकेत गर्छ ।

सात हप्तासम्म हङकङमा चलेको प्रजातान्त्रिक नाराका कारण त्यसलाई दबाउन कुन हदसम्मको शक्ति प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बेइजिङ ढिलोचाँडो बाध्य हुनेछ ।

एसियाको प्रजातान्त्रिक यात्रा खतरामुक्त छैन । जापान र दक्षिण कोरियाको सम्बन्ध लगभग विच्छेदको अवस्थामा छ । यी दुई देशबीच एउटा टापुको विषयमा विवाद जारी छ । जापानले ताकेसिमा नाममा आफ्नो दाबी गर्दै आएको टापु दक्षिण कोरियामा ‘तोक्दा’ नामले प्रसिद्ध छ ।

अमेरिकी नीति निर्माताका अनुसार चीनको आर्थिक उन्नति, आधुनिकीकरण र शान्तिपूर्ण उदयले विश्वको समृद्धिमा टेवा पुर्‍याउँछ । एसियाको उन्नत अर्थव्यवस्था अमेरिका र युरोपका अन्य देशका उपभोक्तासँग पनि जोडिने उनीहरूको विश्वास छ । तर, यो विचार नै गलत थियो ।

कोरिया सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश थियो । दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएको कोरियाको तोक्दा टापुलाई जापानले आफू अन्तर्गत नै राखेको दक्षिण कोरियाको आरोप छ । जापानले भने यो आरोप नकार्दै आएको छ । यही टापुको विषय दक्षिण कोरियाको अदालतमा थाती रहँदा दुई देशको सम्बन्धमा गतिरोध उत्पन्न हुने गरेको छ ।

दक्षिण कोरियाले यो विवाद बल्झाइराख्दा जापानले दक्षिण कोरियाको इलेक्ट्रोनिक्स उद्योगका लागि महत्वपूर्ण रसायन आपूर्ति कटौती गरेर कडा जवाफ दिने गर्छ ।

सन् २०१८ को उत्तरार्द्ध्रमा दक्षिण कोरियाका नौसेनाले अग्नि नियन्त्रक राडार आफ्नो ‘पट्रोल ट्रक’ तर्फ तेर्स्याएको आरोप जापानले लगायो । त्यहीकारण तनावपूर्ण अवस्था नै निम्तियो । त्यसैगरी, साउथ चाइना सी मा चीन र भियतनामबीच कच्चा तेलका लागि असमझदारी कायम छ ।

यस क्षेत्रमा उत्पन्न भएका असमझदारीले विश्वको सुरक्षामै खतरा निम्त्याएको आकलन गरिन्छ । तीन चरणमा अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतिबीच वार्ता भए पनि उत्तर कोरिया परमाणु सम्पन्न राष्ट्रकै रूपमा रहँदा यो विश्व सुरक्षाका निम्ति चुनौतीकै रूपमा रहनेछ ।

विश्वमा एकातर्फ नागरिक स्वतन्त्रताको कुरा उठ्दै गर्दा चीनले विकास गरेको प्रविधिमार्फत निगरानी प्रणालीको पनि चर्चा छ । यसले राज्यको अधिक नियन्त्रणतर्फको झुकाव पनि देखाउँछ । यो प्रणाली पश्चिमा प्रजातान्त्रिक विधि आफूमा समाहित गर्न पनि उत्सुक छ ।

धेरैको विचारमा अन्य चिनियाँ कम्पनीभन्दा चीनको ह्वावेई कम्पनी जुन देश पनि सुरक्षाका लागि खतरायुक्त छ । अमेरिकी गुप्तचर संस्था फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले पनि अमेरिकाका लागि सबभन्दा बढी जासुसी खतरा चीनबाट भएको बताउँदै आएको छ ।

अमेरिकी नीति निर्माताका अनुसार चीनको आर्थिक उन्नति, आधुनिकीकरण र शान्तिपूर्ण उदयले विश्वको समृद्धिमा टेवा पुर्‍याउँछ । एसियाको उन्नत अर्थव्यवस्था अमेरिका र युरोपका अन्य देशका उपभोक्तासँग पनि जोडिने उनीहरूको विश्वास छ । तर, यो विचार नै गलत थियो ।

त्यस्तै, एसियामा रहेका अमेरिकी सहयोगी देश जापान र दक्षिण कोरियालाई नजिक ल्याउने अमेरिकाको वर्षौंदेखिको प्रयास निस्प्रभावी भएको छ । त्यसैले यो एसियाको भविष्यको विषयमा पुनःविचार गर्ने समय हो ।एसियाली क्षेत्रमा समस्या बढ्दै जाँदा अमेरिकाले यस क्षेत्रको आफ्नो नीति पुनःव्याख्या गर्नुपर्छ ।

आर्थिकरूपमा कमजोर सहयोगी देश अमेरिकालाई सुरक्षित राख्न सक्षम हुन सक्दैन । यसले बढ्दो राष्ट्रवाद र क्षेत्रीय सहयोगको परीक्षण गर्छ जसका कारण स्थिरता कायम गर्न मुश्किल हुन्छ ।

परिवर्तित अवस्था हेरेर अमेरिकाले एसियाको भविष्यको अरू खुलापन र स्थिरताका लागि आकार दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्वतन्त्रता र अधिक समृद्ध क्षेत्र चाहने इच्छुक साझेदारसँग मिलेर अमेरिकाले यस क्षेत्रमा ठोस भूमिका खेल्न सक्छ ।

यसको सबभन्दा डरलाग्दो असर त अमेरिकाका सहयोगी देश क्षेत्रीय युद्धमा सहभागी हुँदा त्यसले अमेरिकालाई पनि युद्धमा तान्न सक्छ ।

संकटमा पनि अवसर हुन्छ । चीनको अर्थतन्त्रमा गिरावट, चीनमा बढ्दै गएको आन्तरिक समस्या र दक्षिण चीन सागर (साउथ चाइना सी) मा बढ्दै गरेको खतराले एसियाली देशको शक्ति पहिले भन्दा क्षीण हुँदै गएको छ ।

यहीबेला वासिङटनले आफ्नो आर्थिक रणनीतिको विकल्प पेश गर्नुपर्छ । जस्तो कि, आर्थिक विकास सहायता र रणनीतिक महत्वका देशसँग निष्पक्ष द्विपक्षीय व्यापार । अष्ट्रेलिया, जापान र भारतजस्ता सहयोगी देशसँग सबैको हित हुने गरी समुद्री गठबन्धन निर्माणको प्रयास गर्ने पनि यही समय हो ।

यो समुद्री गठबन्धनमार्फत सहयोगी देशहरूको समुद्री नौसेना र तटीय रक्षकसँग सहकार्य गर्नेगरी अमेरिकाले पहल गर्नुपर्छ । अमेरिकाले इन्डो प्यासिफक क्षेत्रमा आफ्नो विचारसँग सहमत राख्ने देशबीच एउटा गठबन्धन निर्माण गर्न सक्छ ।

हुँदैन एसियाको युग

अबको युग एसियाको हुने आकलन सफल हुन सक्दैन । वर्तमानका केही सूचकले यो क्षेत्र सही दिशातर्फ गएको देखाउँदैनन् । त्यहीकारण एसियाली शताब्दीको सपना पूरा नहुने सम्भावना बढी छ ।

गहिरो र दीर्घकालीन समस्या भोग्दै गर्दा एसियाली क्षेत्रका जनताले राम्रो भविष्यका लागि संघर्ष गर्नेछन् । त्यसैगरी, संचरनात्मक त्रुटि र कूटनीतिक अक्षमताले सरकारहरूको संकट पनि बढाउँदै लैजानेछ ।

लामो अवधिमा एसियाले विकासको गतिमा उतारचढाव देख्नेछ । एकलरूपमा विश्वलाई नेतृत्व गर्नुभन्दा पनि एसियाका सरकार र व्यवसायीहरूले विश्वका अधिक सफल क्षेत्रबाट नयाँ विचार र सुधारको खोजी गर्नेछन् ।

यद्यपि, परिवर्तित अवस्था हेरेर अमेरिकाले एसियाको भविष्यको अरू खुलापन र स्थिरताका लागि आकार दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्वतन्त्रता र अधिक समृद्ध क्षेत्र चाहने इच्छुक साझेदारसँग मिलेर अमेरिकाले यस क्षेत्रमा ठोस भूमिका खेल्न सक्छ ।

(अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा आबद्ध माइकल अस्लिनको यो लेख जुलाई २०१९ को फरेन पोलिसीम्यागजिनबाट भावानुवाद गरिएको हो ।)

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : २५ बजे

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो