चेपाङको जीवनस्तरमा परिवर्तन ल्याउन प्रतिस्पर्धा « Khabarhub

चेपाङको जीवनस्तरमा परिवर्तन ल्याउन प्रतिस्पर्धा


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो ।

‘हरेक कदमको शुरुआत सपनाबाट हुन्छ’ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले रु सात लाखभन्दा बढी रकम पुरस्कार पाएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

परियोजनाले विभिन्न क्षेत्रलाई समेटेर प्रतिस्पर्धा गराएको हो । पहिलो चरणमा शनिबार अन्तर घर प्रतियोगिता, अन्तर आमा समूह, अन्तर स्वास्थ्य स्वंयसेवक, उत्कृष्ट किसान, अन्तर निर्णायकलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष गिरीले बताउनुभयो । अन्तर घर प्रतियोगितामा ५५ घरधुरीले पुरस्कार पाएका छन् ।

वडा नं १ मा कूल ६६५ घरधुरी रहेकामा ५६५ घरधुरीमा परियोजना लागू भएको छ ।

उनका अनुसार ११ टोलबाट पाँच/पाँच जनाका दरले पुरस्कार पाएका छन् । अन्तर घरधुरी प्रतिस्पर्धामा प्रथम हुने घरले नगद रु १५ हजार, दोस्रोले रु १२ हजार, तेस्रोले रु १० हजार, चौथोले रु सात हजार र पाँचौँले रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । अन्तर घर प्रतियोगितामा घरको सरसफाइ, करेसाबारी, धुवाँरहित चुलो, शौचालय, छोराछोरीको विद्यालय नियमितता आदिलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो ।

परियोजनाको यो अवधिमा सयपत्री आमा समूह अन्तर आमा समूह प्रतिस्पर्धामा उत्कृष्ट भएको छ । एघार आमा समूहबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट भएको सो समूहले रु ८० हजार पुरस्कार प्राप्त गर्यो । अन्तर आमा समूह प्रतिस्पर्धामा सरसफाइ, हिंसा न्यूनीकरण, बालविवाहको अवस्था, योजना तर्जुमामा सहभागिता, सामजिक विकासमा सहभागी आदि मापदण्ड बनाइएको थियो ।

त्यस्तै अन्तर स्वयंसेवक प्रतिस्पर्धामा उत्कृष्ट भएका सूर्य चेपाङले रु १५ हजार, उत्कृष्ट फलफूल किसान बनेकी ताराकुमारी चेपाङले रु १५ हजार, उत्कृष्ट निर्णायक बनेकी गीता चेपाङले रु १५ हजार पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट भएकालाई शनिबार इच्छाकामना–१ कालिङडाँडामा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो ।

इम्प्यक्टले व्यक्ति स्वयंको लगानी र मेहनतमा प्रतिस्पर्धापछि उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने गरिएको अध्यक्ष गिरीको भनाइ छ । उनले भने, “हामी शुरुमा लगानी गर्दैनौँ, स्वयं उनीहरुकै लगानीमा प्रतिस्पर्धा गराउँछौँ, त्यसपछि मात्र उत्कृष्ट विजेतालाई पुरस्कृत गर्छौँ ।”

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र सोसियल इम्प्याक्टका अध्यक्ष गिरीले उनीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । तीनवर्षे परियोजना अवधिभर पहिलो चरणमा पुरस्कृत भएका फेरि पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । साथै इम्प्याक्टले आर्थिक वृद्धिका लागि फलफूलको बिरुवा, डालेघाँसको बीउ वितरण गरिसकेको छ भने बोयर जातको बोकासमेत वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

इच्छाकामनामा सोसिल इम्प्याक्टले गत वर्ष माघदेखि यो परियोजना सञ्चालन गरेको थियो । इच्छाकामना चेपाङ बाहुल्य रहेको गाउँपालिका हो । अध्यक्ष गिरीका अनुसार यसअघि कालिका नगरपालिकाको सिद्धिमा पनि सफलताका साथ परियोजना सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार