राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै काठमाडौँमा प्रदर्शन


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले नेपालमाथि चिनियाँ ‘हस्तक्षेप’को बढेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

चीनले  नेपालको भूमि मिचेको, राजनीतिक हस्तक्षेप बढाएको, सगरमाथमामाथि गिद्धेदृष्टि लगाएको लगायतका आरोप लगाउँदै एकता समाजले विरोध प्रदर्शन गरेको हो ।

मिचिएको भूमि फिर्ताको माग राख्दै चीनविरुद्ध आफूहरुले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको एकता समाजले जनाएको छ ।

प्रदर्शनका क्रममा काठमाडौँका भाटभटेनी नजिकबाट अभियानका संयोजक विनय यादवसहित दुई दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

चीनले ‘नेपाली भूमी मिचेको’, ‘सगरमाथामाथि गिद्धेदृष्टि लगाएको’ र ‘नेपाली राजनीतिमै हस्तक्षेप’ गरेको हुँदा आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको अभियानका संयोजक यादवले बताए ।

‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपालका राजनीतिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’, ‘सगरमाथामाथि गिद्धेदृष्टि नलगाउ’ लगायतका नाराहरू लेखिएक प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।    

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : ३५ बजे

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम