काठमाडौँ– राष्ट्रिय एकता अभियानले नेपालमाथि चिनियाँ ‘हस्तक्षेप’को बढेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
चीनले नेपालको भूमि मिचेको, राजनीतिक हस्तक्षेप बढाएको, सगरमाथमामाथि गिद्धेदृष्टि लगाएको लगायतका आरोप लगाउँदै एकता समाजले विरोध प्रदर्शन गरेको हो ।
मिचिएको भूमि फिर्ताको माग राख्दै चीनविरुद्ध आफूहरुले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको एकता समाजले जनाएको छ ।
प्रदर्शनका क्रममा काठमाडौँका भाटभटेनी नजिकबाट अभियानका संयोजक विनय यादवसहित दुई दर्जन बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
चीनले ‘नेपाली भूमी मिचेको’, ‘सगरमाथामाथि गिद्धेदृष्टि लगाएको’ र ‘नेपाली राजनीतिमै हस्तक्षेप’ गरेको हुँदा आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको अभियानका संयोजक यादवले बताए ।
‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपालका राजनीतिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’, ‘सगरमाथामाथि गिद्धेदृष्टि नलगाउ’ लगायतका नाराहरू लेखिएक प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रतिक्रिया