चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोली भेटघाटमा व्यस्त « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोली भेटघाटमा व्यस्त

हिजो राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट, आज नेकपाका नेतालाई भेट्ने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको छ ।

टोलीले गएराति प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्र विस्तारका विषयमा कुराकानी गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग दुई घण्टा बिताएको थियो । प्रधानमन्त्री ओलीले भेटमा एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरेको भट्टराईले बताए । उनकाअनुसार प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गरेका थिए ।

भट्टराईले भने, ‘हाम्रो प्रधानमन्त्रीले राष्ट्रपति सीलाई नयाँ वर्ष २०२१ को शुभकामना सन्देश पठाउनुभयो । लामो समयदेखि नेपाल–चीन सम्बन्ध उत्कृष्ट रहेको र पछिल्लो समय झन दुई देश बीचको सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको धारणा उहाँले राख्नुभयो। ’

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ पक्षले आपसी हीत र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले भेटमा चिनियां राष्ट्रपति सी चिनफिङले नयां वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए । भेटमा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे समेत छलफल भएको थियो ।

चिनियाँ टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : २९ बजे

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

काठमाडौं– स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको