चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच दुई घण्टा भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ प्रतिनिधि मण्डल र प्रचण्डबीच दुई घण्टा भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ प्रतिनिधिमण्डल र नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ ।

खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएको जनाइएको छ ।

चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट गरेको थियो ।

नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ ।

आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता तीव्र पारेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : ४० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला