चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ टोलीले दुई देशबीचको हितका विषयमा कुराकानी गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश पनि सुनाएका थिए। भेटमा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए।

भेटमा दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको भट्टराईले बताए ।

तस्वीर : राजन भट्टराईको फेसबुकबाट

भेटवार्तामा चिनियाँ टोलीले नेपालले लिएको एक चीन नीतिमा प्रतिबद्ध रहनेमा विश्वस्त रहेको र अहिलेसम्म उक्त प्रतिवद्धता कायम गरेकोमा सरकारलाई धन्यवाद दिएको भट्टराईको भनाइ छ ।

आइतबार चाटर्ड विमानमार्फत नेपाल आएको चिनियाँ टोलीले  आइतबार नै  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो।

टोलीले आज नेकपाका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : ५२ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि