राइडरहरूले गरे पठाओ कार्यालय तोडफोड « Khabarhub

राइडरहरूले गरे पठाओ कार्यालय तोडफोड


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरूले तोडफोड गरेका छन् ।

केही समयदेखि कम्पनीविरुद्ध आन्दोलत गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको हो ।

प्रहरीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको  र त्यसबारे निर्णय सुनाउन लाग्दा एक समूहले तोडफोड गरेको हो ।

असन्तुष्ट समूहले राइडरलाई कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको तथा आफूखुसी निर्णयहरु गर्ने गरेको भन्दै आरोप लगाइरहेका छन् ।

प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा केही युवालाई प्रकाउ गरेको छ ।

आन्दोलतरत राइडरले राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका मागहरु राखेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : २९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल