पश्चिमी वायुको आंशिक प्रभावले तराईमा हुस्सु, काठमाडौँमा वर्षकै धेरै चिसो « Khabarhub

पश्चिमी वायुको आंशिक प्रभावले तराईमा हुस्सु, काठमाडौँमा वर्षकै धेरै चिसो


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । यसअघि गत शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ ।

आजै राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ७ : ५० बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको