पर्वहरुले समाजमा सद्भावना बढाउँदै आएका छन्– देउवा | Khabarhub Khabarhub

पर्वहरुले समाजमा सद्भावना बढाउँदै आएका छन्– देउवा


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको र यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिदै सभापति देउवाले यी महत्वपूर्ण पर्वहरुका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ३० बजे

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले

चीनको चियुवानमा पहिलो ‘महान् संस्कृति तथा कला सप्ताह’ सुरू

चियुवान, चीन – चीनको चियुवान शहरमा पहिलो पटक आयोजना गरिएको

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो, लिमा शहरमा प्रहरीसँग झडप

लिमा– पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौँ

जेन-जी प्रदर्शनमा दार्चुलाका आठवटा कार्यालयमा क्षति

नौगाड– दार्चुलामा ‘जेन-जी’ द्वारा गरिएको प्रदर्शनका क्रममा क्रममा आठ वटा कार्यालयमा

‘जनताको उद्धारमा देखिएन यातायात मन्त्री घिसिङको चमत्कार’

काठमाडौँ- काममा चमत्कारिक छवि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री