राखेप र कृषि विकास बैंकबीच सम्झौता « Khabarhub

राखेप र कृषि विकास बैंकबीच सम्झौता


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो रु १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ ।

राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।

यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ ।

परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता पत्र आदनप्रदान गर्दै सदस्य सचिव सिलवालले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताए ।

उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्टयाएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकूदमा लगानी गर्नसके महत्वपूर्ण हुने उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकूद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए ।

उनले विगतलाई स्मरण गर्दै भलिबलका १० राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकूदमा संलग्न भई काम गरेको र पुनः खेलकुदसँग जोडिँदा नतिजा फलदायी हुने विश्वास व्यक्त गरे ।

केन्द्रमा मात्र नभई प्रदेश र जिल्लामा समेत संस्थाको माध्यमबाट स्थानीय तहसम्म सहकार्य गर्न सकिने उपाध्यायको भनाइ थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ५६ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स