राखेप र कृषि विकास बैंकबीच सम्झौता « Khabarhub

राखेप र कृषि विकास बैंकबीच सम्झौता


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो रु १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ ।

राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ ।

यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ ।

परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता पत्र आदनप्रदान गर्दै सदस्य सचिव सिलवालले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताए ।

उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्टयाएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकूदमा लगानी गर्नसके महत्वपूर्ण हुने उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकूद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए ।

उनले विगतलाई स्मरण गर्दै भलिबलका १० राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकूदमा संलग्न भई काम गरेको र पुनः खेलकुदसँग जोडिँदा नतिजा फलदायी हुने विश्वास व्यक्त गरे ।

केन्द्रमा मात्र नभई प्रदेश र जिल्लामा समेत संस्थाको माध्यमबाट स्थानीय तहसम्म सहकार्य गर्न सकिने उपाध्यायको भनाइ थियो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ९ : ५६ बजे

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने