चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेविसंघद्वारा काठमाडौँमा मसाल जुलुस प्रदर्शन | Khabarhub Khabarhub

चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेविसंघद्वारा काठमाडौँमा मसाल जुलुस प्रदर्शन


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ भ्रमण टोलीको विरोध गर्दै नेपाल विद्यार्थी संघले मंगलबार साँझ बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि मसाल जुलुस प्रदर्शन गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको विरोध गर्दै मसाल जुलुस प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।

महाराजगञ्जस्थित कान्तिबाल हस्पिटल अगाडीबाट मसाल जुलुस निकालिएको थियो ।

मसाल जुलुस प्रदर्शनमा उत्रिएका युवाहरुले ‘नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर’, ‘हुम्लामा चीनले मिचेको नेपाली भूमि फिर्ता गर’, ‘तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर’, लगायतका नाराहरु लगाएका थिए ।

चिनियाँ प्रतिनिधिमण्डल यहीँ १२ गतेदेखि नेपालको भ्रमणमा आएको हो । भ्रमणका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुसँग भेट गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ११ : ४२ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ