नयाँ प्रजातिको कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद | Khabarhub Khabarhub

नयाँ प्रजातिको कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको भन्दै विभिन्न देशहरुले हवाई उडानमा प्रतिबन्ध लगाएको कारण समस्यामा परेका पर्यटकहरुका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाको म्याद एक महिना थप गरेको छ ।

यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्न निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

बेलायतमा देखापरेको नयाँ प्रजातिको कोरोना संक्रमण फैलिन थालेपछि अहिले विभिन्न मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाइरहेका छन्।

यूएई सरकारको यो निर्णयसँगै भिजिट भिसामा रहेका नेपालीसहित अन्य बिदेशी नागरिकले एक महिना बिना जरिवाना यूएईमा बस्ने पाउने भएका छन् ।

यो समाचार तयार पार्दासम्म यूएईमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्य २ लाख ४ हजार ३६९ पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८१ हजार ४ सय पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्य ६६२ जना रहेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : ५६ बजे

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको