सिंगापुरमा कोभिड- १९ विरुद्धको खोप लगाउन सुरू | Khabarhub Khabarhub

सिंगापुरमा कोभिड- १९ विरुद्धको खोप लगाउन सुरू


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिंगापुरमा कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड-१९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ ।

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ ।

सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ ।

त्यसपछि अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी दिइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ४९ बजे

नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट

इजरायलको आर्थिक वृद्धिदर घट्दै

इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, देशको

बैतडीमा एक स्वास्थ्यकर्मी मृत भेटिइन्

बैतडी – यहाँको  एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला

उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी

अलैँचीको भाउ सातवर्ष यताकै उच्च

झापा–  ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले