के टाइगर र दिशाले सन् २०२१ मै बिहे गर्दैछन् ? « Khabarhub

के टाइगर र दिशाले सन् २०२१ मै बिहे गर्दैछन् ?


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ र दिशा पटानीले कहिल्यै पनि आफ्नो सम्बन्धका बारेमा खुलेर बोलेका छैनन् ।

तर यी दुई एकअर्कालाई समर्थन गरिरहेका छन् ।

टाइगर र दिशा सँगै घुम्न जान्छन् । फिल्म हेर्न जान्छन् । विदा मनाउन पनि सँगै जान्छन् तर प्रेमसम्बन्धमा रहेकोबारे खुलाउँदैनन् ।

यी दुईले सार्वजनिक रुपमा खुलेर कुरा गरेका छैनन् । किनकि, उनीहरू आफ्नो सम्बन्धलाई लुकाएर राख्न चाहन्छन् ।

मिडिया रिपोर्टसका अनुसार यो जोडीलाई टाइगर र दिशाको परिवारले पनि स्वीकार गरिसकेको छ । आजभोलि चर्चा चल्न थालेको छ कि, यी दुईले अब छिट्टै बिहे गर्नेछन् । टाइगर र दिशाले कहिले गर्छन् भन्नेमा उनका फ्यानमा पनि चासो छ ।

यी दुईलाई नजिकबाट चिन्नेहरु भन्छन् कि, टाइगर र दिशा दुवै यो सम्बन्धलाई लिएर निकै सिरियस छन् । तर, बिहे उनका लागि अझै पनि टाढाको कुरा हो । दुवै अझै जवान भएकाले तत्काल बिहे गर्न पनि चाहँदैनन् ।

दुवैले जीवनका बारेमा खुलेर मजा लिइरहेका छन् । उनीहरु घर सम्हाल्न र परिवार बढाउन अहिले चाहँदैनन् । यी दुईले आफ्नो करिअरलाई फोकस गरिरहेका छन् ।

अझ खुशीको कुरा के छ भने, दुवैले छोटो समयमा नै पैसा कमाइरहेका छन् ।

छोटो समयमा नै टाइगर बलिउडमा जमिसकेका छन् । उनका फिल्मले पनि धमाका मच्चाइरहेका छन् ।

टाइगर र दिशाका नजिकका आफन्तका अनुसार यी दुईले बिहे त गर्नेछन् । तर, यसका लागि समय लाग्नेछ । सन् २०२१ मा त उनीहरुले बिहे नगर्ने लगभग पक्का भइसकेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  २ : १४ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता