आगलागीबाट दुई घर जलेर नष्ट | Khabarhub Khabarhub

आगलागीबाट दुई घर जलेर नष्ट


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् ।

प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

करीब ६०० घरधुरी रहेको गाउँ बीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए ।

क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : ५९ बजे

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको