कतारका अमीरले पनि लगाए कोरोनाविरूद्धको खोप | Khabarhub Khabarhub

कतारका अमीरले पनि लगाए कोरोनाविरूद्धको खोप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका अमीर शेख तमीम बिन हमाद अल थानीले पनि कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन् ।

कतारमा फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरूद्धको खोप सुरु भएसंगै बुधबार अमीर थानीले पनि खोप लगाएका हुन् ।

‘मैले कोभिड-१९ विरुद्धको खोप लिएँ, म सबैलाई यस महामारीबाट सुरक्षित रहन कामना गर्दछु,’ अमिरले आफ्नो इन्स्टाग्राम तस्वीरसहित पोष्ट गरेको पेनिन्सुला पत्रिकाले जनाएको छ ।

कतारमा कोभिड १९ खोप अभियानमा एक हप्तादेखि जारी रहेको र खोप पश्चात कुनै गम्भीर साइड इफेक्ट देखानपरेको जनाएको छ ।

खोप लिनेहरूको थोरै संख्याले इन्जेक्शन साइटमा कम ग्रेड ज्वरो, हल्का टाउको दुख्ने, थकान र दुखाइ जस्ता धेरै सामान्य साइड इफेक्टहरू आएको बताएका छन् जुन सामान्यतया अन्य खोपहरूसँग देखिन्छ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्नेछ । यो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुले खोप लगाईरहेका छन् ।

यसैगरी १६ बर्ष वा माथि उमेरका गम्भीर र दीर्घ रोगी  र वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : १० बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन