वास्तुशास्त्र : घरमा यी बिरुवा रोप्नु भयो भने हुनेछ फलिफाप ! | Khabarhub Khabarhub

वास्तुशास्त्र : घरमा यी बिरुवा रोप्नु भयो भने हुनेछ फलिफाप !


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाइँको घरमा भएका बोटबिरुवाको कारणले पनि तपाईमा सकारात्मक उर्जा उत्पन्न हुन्छ ।

त्यतिमात्रै होइन तपाइँको घरमा भएका बिरुवाका कारण तपाईले कति कमाउनुहुन्छ ? वा तपाईको व्यापार व्यवसायमा यी विरुवाले के कस्ता फाइदा वा घाटा गर्छन् ? त्यो पनि अर्थ राख्दछ ।

वास्तुशास्त्रका अनुसार केही त्यस्ता रूख र बोटहरू छन् जसको सही प्रयोगले तपाइँको जीवनमा फलिफाप हुनेछ ।

मनी प्लान्टः मनी प्लान्टका बोटहरू लामो समयदेखि सबैका लागि मनपर्दो बोटका रूपमा देखिएका छन् । यो अति नै सुन्दर र कोमल हुन्छ । यसले वातावरणलाई शुद्ध पार्ने काम गर्दछ । मनी प्लान्टलाई इग्निस कोणमा राख्न उपयुक्त हुन्छ । यस दिशामा यो प्लान्ट राम्रो फुल्छ पनि । घरमा मनी पलान्टका बिरूवाहरू राख्ने गर्नाले तपाईंको घरमा पैसाको कहिल्लै पनि कमी हुँदैन भन्ने विश्वास गरिन्छ ।

मनी ट्रीः अचेल अनलाईन मार्केटिङबाट पनि अत्याधिक बेचिने ट्री हो मनी ट्री । पैसाको बोट नामले चिनिने यो बिरुवा आजकल धेरै लोकप्रिय भइरहेको छ । चिनियाँ फेङ्गशुई र वास्तुमा धेरै विशेष मानिने यसको मूल अमेरिकामा छ ।

शमी रूखः वास्तु हिसाबले यस रुख तपाईको घर वरपर हुनु आवश्यक छ । यो धेरै विशेष मानिन्छ । शमी रूख शंकरजीको सबैभन्दा प्रिय मानिन्छ । यस्तो विश्वास गरिन्छ कि घरमा शमी रूख रोप्नाले सम्पूर्ण गरिबी हटेर जान्छ। पैसाको अभावका कारण तपाईको घरमा काम रोकिने अवस्था आउँदैन । यदी यो रुख रोप्न समस्या छ भने प्रत्येक सोमबार शिवलाई शमीको फूल र पातहरू चढाउँदा तपाईंको घरमा खुशी र समृद्धि आउँछ ।

अश्वगन्धाः औषधिय गुणले भरिपूर्ण यो वनस्पति तपाईको घरमा रोप्नुभएको छ रु वास्त्शास्त्र मान्नुहुन्छ भने यो विरुवाले तपाईको परिवारमा फलिफाप गराउँछ । घरमा अश्वगन्धाको रूख रोप्नाले सुख शान्ति र समृद्धि आउँछ । विज्ञानले प्रमाण्ति गरेको छ यसका धेरै अन्य फाइदाहरू रहेका छन् । अश्वगन्धाका फूलहरूलाई पनि पूजाआजामा प्रयोग गर्ने गरिन्छ। विकिपिडियाले अश्वगन्धाबारे लेखेको छ ‘अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ ।

श्वेटार्कः नेपाली समाजमा अलि नौलो नाम हो श्वेटार्क । छिटफूट रुपमा कसैको घरमा देखिएपनि प्रायजसो नर्सरीमा यो विरुवा पाईँदैन । गणेशको प्रतीक मानिने यो दुधको बोट हो र यसलाई राम्रो भाग्यको सूचक पनि मानिन्छ । तर वास्तुशास्त्रले भनेको छ कि कुनै सेतो पदार्थ निस्कने बिरुवा घरमा राख्नु हुँदैन । त्यसैले तपाईं यसलाई घरको सट्टा बार्दली वा बरान्डामा राख्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : ४४ बजे

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन