७२ पटक गोमन सर्पले डसे पनि जीवितै छन् सुब्रमण्यम « Khabarhub

७२ पटक गोमन सर्पले डसे पनि जीवितै छन् सुब्रमण्यम


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केही घटनाहरु रोचक आश्चर्यजनक हुन्छन् । जो हतपत पत्याउन ग्राहो हुन्छ । यस्तै घटना भएको छ भारतमा । भारतका एक ब्यक्तिलाई विषालु गोमन सर्पले ७२ पटक टोकेको छ तथापी उनी अझै जीवित छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तूर जिल्लाको कुम्मारा गुण्टा गाउँका सुब्रमण्यमलाई ७२ पटकसम्म विषालु गोमन सर्पले डसेको छ । सुब्रमण्यमका अनुसार उनी कक्षा ५ मा हुदाँ पहिलो पटक सर्पले डसेको थियो । त्यसयता यस्तो कुनै बर्ष छैन उनलाई सर्पले नडसेको होस् ।

सुब्रमण्यमका अनुसार उनको प्रायः हरेक वर्ष औसीं तिथीका दिन सर्पको सामना हुन्छ । तसर्थ उनी औसीं तिथीका दिन घरबाट बाहिर निस्कन चाहदैनन् । उनलाई विगत ३२ वर्षयता हरेक वर्ष सर्पले डस्ने गरेको छ । जसका कारण उनी निकै दुखी महसुस गर्दछन् ।

सुब्रमण्यम सर्पले डस्ने डरका कारण घरबाट बाहिर निस्कन चाहदैनन् । तर किसान भएका कारण उनी कामकालागी बाहिर जानु बाध्यता बन्दछ ।

सर्पले डसेसंगै उनको हरेक पटक उपचारमा ५० हजार भारु खर्च हुने गरेको छ । उपचार खर्च जुटाउनै धौधौ परेको उनी बताउँछन् । तसर्थ उनी भगवान्को आराधना गर्दै आफूलाई सर्पले नडसोस् भनि प्राथना गरेर मात्र काममा निस्कने गर्दछन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : ०६ बजे

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा