बागमती सफाइको ४००औँ हप्ता : सात स्थानमा चेतना जगाइने | Khabarhub Khabarhub

बागमती सफाइको ४००औँ हप्ता : सात स्थानमा चेतना जगाइने


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ ।

सफाइ महाअभियानको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक सफाइ अभियानपछि दिउँसो मीनभवनमा ४००औँ हप्ताको मुख्य कार्यक्रम गरिने अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

जनचेतनामूलक कार्यक्रमका लागि संयोजकसमेत तोक्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अभियानकर्मीहरु नरेश रञ्जित, ताराबहादुर कुँवर,   लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

मीनभवनमा भने मूल कार्यक्रम गर्न लागिएकाले त्यहाँको नेतृत्व महाअभियानले नै गर्ने जनाइएको छ ।

सफाइको ४००औँ हप्ताको नारा र स्टिकर भने तयारीका लागि छलफल जारी छ । यसै हप्ताभित्र त्यसको निर्णय भइसक्ने जनाइएको छ ।

सार्वजनिक र निजी यातायातमा सफाइसम्बन्धी चेतना जागृत हुने किसिमका स्टिकर र परिचय पुस्तिका समेत वितरण गर्ने महाअभियानको तयारी छ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरुआत भएको सफाइ महाअभियान आगामी पुस २५ गते शनिबार ४००औँ हप्तामा प्रवेश गर्दैछ ।

बैठकमा चीनका लागि पूर्वनेपाली राजदूतसमेत पौडेलले स्थानीय तहलाई सफाइमा जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकले काठमाडौँ उपत्यकाका नगरपालिकालाई पनि सफाइमा परिचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

उनले नदी एवं सार्वजनिक स्थलमा फोहर फाल्नेलाई स्थानीय तहले जरिवाना गर्नुपर्ने व्यवस्था गर्न महाअभियानका तर्फबाट अनुरोध गरिने बताएका थिए ।

गत शनिबार बुद्धनगर क्षेत्रको नदी किनारमा फोहर फाल्ने सात जनाबाट काठमाडौँ महानगरपालिकाले जरिवाना गरी रु २३ हजार जम्मा गरेको छ ।

जरिवना गरिएको निश्चित प्रतिशत फोहर फाल्नेको सूचना दिनेलाई दिई प्रोत्साहनको व्यवस्था गर्न पनि महाअभियानले उपत्यकाका स्थानीय सरकारसँग माग गरेको छ ।

महाअभियानले यसअघि नै थापाथली र त्रिपुरेश्वर क्षेत्रको सफाइको जिम्मेवारी महानगरपालिका ११ नं. वडालाई दिइसकेको छ । त्यसैगरी अन्यत्र पनि जिम्मेवारी दिइने जनाइएको छ ।

बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरुले विभिन्न स्थानमा बिच्छ्याएको ढल टालिएकाले नदीमै फोहर पानी आउन थालेको गुनासो गरेका जनाइएको छ ।

सफाइ महाअभियानको ४००औँ हप्ताको अवसर पारेर अधिकार सम्पन्न वाग्मतीले नदीको शिरोभाग सुन्दरीजल क्षेत्रमा माछाका भुरा छोड्ने तयारीसमेत गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १ : ५९ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित