काठमाडौं – ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक तथा कोरियोग्राफर रेनशा बान्तवा राई र निर्माता प्रज्वल शमशेर जबराले इङ्गजेमेन्ट गरेका छन् । यी दुईले लामो समयको प्रेमलाई वैशाख २४ गते बिहेमा बदल्ने सुर कस्दै इङ्गेजमेन्ट गरेका हुन् ।
फिल्म ‘मेरो एउटा साथी छ’ को शूटिङको सेटमा यी दुई प्रेममा परेको बताइन्छ । आइतबार रेनशा र प्रज्वलले इङ्गेजमेन्ट गर्दै औँठी साटेका हुन् । राजधानीको एक होटलमा गरिएको समारोहमा दुवै परिवारका सदस्यका साथ औँठी साटेर खुसी व्यक्त गरे ।
आइकोर फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्वल शमशेर जबराले निर्माण गरेका थिए भने यो फिल्मलाई रेनशाले निर्देशन गरेकी थिइन् ।
उक्त ब्यानरबाट अन्य दुई फिल्म निर्माणको घोषणा गरिएको छ ।
प्रतिक्रिया