‘जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ’ « Khabarhub

‘जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ’


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते ‘लक्ष्मीपुजा’को दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, शुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो । तीनै महान साहित्यकार देवकोटाको केही भनाई यहाँ उल्लेख गरेका छौँ जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छ ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

– कुनै पनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

– सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

– दर्शन भय हो भने कविता सत्य हो ।

– घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

– जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

– शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

– सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।

– संसार अँध्यारो समान हो ।

– जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।

मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ५५ बजे

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार

आयोगले उठायो सेनाको भूमिकामा गम्भीर प्रश्न, राज्यका संरचना जल्दा मुकदर्शक बनेको निष्कर्ष

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल ले सार्वजनिक गरेको जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट