मन्त्री साहको गाडीले ठक्कर दिएर भागे, उपचारको जिम्मा लिए मेयरले « Khabarhub

मन्त्री साहको गाडीले ठक्कर दिएर भागे, उपचारको जिम्मा लिए मेयरले


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते भएकाको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले जिम्मा लिएका छन्।

शनिबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएका थिए।

​घाइतेको हरिवनस्थित स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ।

मन्त्री साह रौतहटको गरुडाबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जिपले ठक्कर दिँदा तामाङको कम्मर र ढाडमा चोट लागेर घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) संतोष सिंह राठौरले जानकारी दिए।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : ०६ बजे

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका