निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक « Khabarhub

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा बेचेपछि उनको नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको हो ।

सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काका अनुसार केन्द्रले जिल्लास्थित सबै नर्सरीको सूची बनाएर बोटबिरुवा बिक्रीका लागि सहजीकरण पनि गरिरहेको छ । उनले भने, ‘सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको छ ।’

हाडेओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुक्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्‍याइएको थियो ।

ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरीधनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताए ।

उनले भने, ‘हाडे ओखरमा चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेको रहेछ । हामीले बिरुवा हेर्दा मात्रै थाहा पायौँ ।’

बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न केन्द्रले सबै नर्सरीलाई सचेतसमेत गराएको छ ।

यस्तो भेटिएमा कानूनअनुसार कारवाहीसमेत हुने केन्द्रले जनाएको छ ।

बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले आफूले थाहा नभएर बिजु ओखरको बोटमा बिजुको हाँगा कलमी गरेको जिकिर गरे ।

उनले भने, ‘मैले बिक्री गरेका बिरुवा फिर्ता लिइसकेको छु, थाहा नभएर यस्तो हुन गएको हो ।’

बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुक्खा फलफूल विकास केन्द्रबाट बर्सेनि हजारौँ हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४० बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन