दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारीमा शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–४ मा शनिबार साँझ यात्रुबहाक बसको ठक्करबाट घाइते भएका मे ६ प ३२६३ नम्बरको   मोटरसाइकल चालक दमकका प्रदीप कार्कीको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ ख ६२७८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

मोटरसाइकलमा सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल बिर्तामोड उपचार भइरहेको छ ।

प्रहरीले बस चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ५५ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन