कतारमाथिको नाकाबन्दी हट्यो, साउदीसँगै तीन देशले सबै सम्बन्ध पुनर्स्थापित गर्ने « Khabarhub

कतारमाथिको नाकाबन्दी हट्यो, साउदीसँगै तीन देशले सबै सम्बन्ध पुनर्स्थापित गर्ने


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदी अरेबियाले साँढे ३ वर्षदेखि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबियाको अल उला
शहरमा मंगलबार भएको गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)को ४१ औँ सम्मेलनमा नाकाबन्दी हटाउने बारे औपचारिक सहमति भएको हो ।

कतारका अमीर शेख तामीम बिन हमद अल थानीसँगै कुवेतका अमीर शेख नवाफ अल-अहमद अल-जाबेर अल सबाह, साउदीका राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजीज अल सउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, बहराइनका राजकुमार सलमान बिन हमद अल खलिफा, युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रशीद र ओमानी उप प्रधानमन्त्री फहद बिन महमूद अल सैदले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्र अनुरुप साउदीले कतारसँगको एयरस्पेस, भूमि र समुद्री सीमा सोमबार मध्यराति देखिनै खोलिसकेको छ ।

सम्मेलनपछि पत्रकार सम्मेलन गर्दै साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहान अल सउदले साउदी अरेबियासँगै युएई, बहराइन र इजिप्टले पनि हवाई उडानसहित कतारसँगको सबै सम्बन्ध पुनर्स्थापित गर्ने सहमति भएको जानकारी दिए ।

कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले नाकाबन्दीको नेतृत्व गरेको थियो । साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि कतार घेराबन्दीमा परेको थियो ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : २५ बजे

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु