हलेसीमा एकै महिना साढे पाँच लाख भेटी सङ्कलन « Khabarhub

हलेसीमा एकै महिना साढे पाँच लाख भेटी सङ्कलन


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- मन्दिर खुलेको महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साँढे पाँच लाख रूपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर  आठ महिनापछि खुला गरिएको थियो ।  हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको हो ।

गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने  गत मङ्सीर १६ गते खुला गरिएको थियो ।

हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।

गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा रु एक लाख ८९ हजार ९९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।

त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष  रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकमसहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।

हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए ।

हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी  आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १ : ०१ बजे

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता