क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप  | Khabarhub Khabarhub

क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका सदस्यले लगाए कोरोना विरुद्धको खोप 


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रोएसियाका राष्ट्रपति र मन्त्रिपरिषदका अधिकांश सदस्यहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

सञ्चार माध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिक रुपमा उनीहरुले खोप लगाएका हुन ।

खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाएको जनाइएको छ ।

बिहीबार उनीहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ । सवैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइने भएको हो ।

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् ।

त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ ।

त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

“सवै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,” राष्ट्रपति जोरान मिलानोभिकले भने ।

आफूले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले मन्त्रीपरिषद्का दश जनाले खोप लगाएको जानकारी दिए ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  १० : ०० बजे

धनराजले संसद्‍मा भने- राजसंस्था सिनो भइसक्यो, त्यसलाई बोक्नेको पनि काँघ गन्हाउँछ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शाहवंशीय राजसंस्थालाई ‘मरिसकेको बाघको

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवादमा मन्त्री खड्काको चासो

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी

ट्रम्पलाई न्यायाधीशको आदेश- अमेरिकामा १२ हजार शरणार्थी स्वीकार्नू

एजेन्सी– सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य

राष्ट्रपति पौडेलले भने- आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनुपर्छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन

सरकारको नीति,कार्यक्रम परम्परागत : देवेन्द्र पौडेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभा