प्रदेश–५ को ‘एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ’ योजना | Khabarhub Khabarhub

प्रदेश–५ को ‘एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषि गाउँ’ योजना


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– पाँच नम्बर प्रदेश सरकारले कृषिमा प्रविधिको प्रयोग गर्दै यान्त्रीकरण गर्ने उद्देश्यले ‘एक निर्वाचन क्षेत्र १ स्मार्ट कृषि गाउँ’ कार्यक्रम ल्याएको छ । जसअनुसार रोल्पा जिल्लामा पनि दुई वटा स्मार्ट कृषि गाउँ स्थापना गरिने भएको छ ।

उक्त स्मार्ट कृषि गाउँ स्थापनाका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ र क्षेत्र नं. २ बाट गंगादेव गाउँपालिका–३ जिनाबाङलाई छनोट गरिएको कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख नरेश धितालले बताए ।

कार्यक्रम अन्तर्गत रोल्पाका २ वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउँन प्रदेश सरकारले प्रक्रिय थालेको छ । उक्त गाउँमा जलवायु परिवर्तनमा स्मार्ट, सिचाईमा स्मार्ट, माटोको पोषण तत्वमा स्मार्ट, प्रविधिमा स्मार्ट र बजारमा स्मार्ट गर्न प्रदेश सरकारले एक गाउँ बराबर ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।

स्मार्ट कृषि गाउँ छनोट भएका गाउँमा ५० घरधुरी र २ सय ५० रोपनी जमिनमा मसलाको रुपमा अदुवा, वेसार, मौरीपालन, बाख्रापालन, आलु खेती, रायोको विउ उत्पादन र तरकारी उत्पादन गर्न लागेको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ ।

त्यस्तै प्रदेश सरकारले साना सिँचाई, सहकारी खेती, कृषि पर्यटन जस्ता नविनतम् कार्यक्रम समावेश गरेको छ । जिल्लामा मसला खेतीको विस्तारका लागि अदुवा र बेसारको व्यावसायिक खेती शुरु गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष बलबहादुर खत्रीले बताए ।

५ नम्बर प्रदेशको १२ जिल्लामा ५२ वटा गाउँ स्मार्ट कृषि गाउँका रुपमा छनोट भएका छन् । ४ वर्षमा सो गाउँका युवा कृषकहरुको क्षमता अभिवृद्धि गरी कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ४६ बजे

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन काम भइरहेको छ : मन्त्री चौरसिया

काठमाडौं– कानून, न्याय तथा संसदीय मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनअनुसार नियमावलीको

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक

काठमाडौं महानगरबाट ६४ हजारले लिए निःशुल्क कानूनी सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट निःशुल्क कानूनी परामर्श सेवा लिनेको सङ्ख्या ६४

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन