साउदीका राजा सलमानले पनि लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

साउदीका राजा सलमानले पनि लगाए कोरोनाविरूद्धको खोप


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउदले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसघि त्यहाँका राजकुमार लगायत अन्य बिशिस्ट अधिकारीहरुले खोप लगाईसकेका छन् ।

महामारीको सुरुदेखि अहिलेसम्म नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग पुर्‍याएकोमा राजा सलमानलाई त्यहाँका स्वास्थ्य मन्त्री डा. तौफिक बिन फौजान अल रबियाहले धन्यवाद दिएका छन् ।

यस्तै साउदीले कोरोना भ्याक्सिन लिएकाहरूलाई ‘हेल्थ पासपोर्ट’ जारी गर्ने भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार जनाले भ्याक्सिन लगाईसकेका छन भने दशौं लाखले भ्याक्सिनका लागि नाम दर्ता गराएका छन् ।

त्यहाँ हालैका दिनहरूमा नयाँ संक्रमितको संख्या सय भन्दा कम हुने गरेको छ । साउदीमा कार्यरत नेपालीसहित अन्य आप्रवासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा लगाईरहेका छन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु