आज सफला एकादशी, श्री हरिको उपासना गरेमा मिल्नेछ महावरदान « Khabarhub

आज सफला एकादशी, श्री हरिको उपासना गरेमा मिल्नेछ महावरदान


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २५ गते शनिबार, सफला एकादशी परेको छ । पौष कृष्ण एकादशीका दिन पर्ने यस एकादशीको व्रत राखेमा आयु र स्वास्थ्यको रक्षा हुने मान्यता छ ।

साथै सफला एकादशीको व्रतले श्री हरिको कृपा प्राप्त हुने र व्यक्तिको जीवनमा भौतिक सम्पन्नता प्राप्त हुने धार्मिक मान्यता छ ।

कसरी गर्ने व्रत ?
बिहान वा साझँमा श्री हरि विष्णुको पूजा गर्नु पर्दछ । निधारमा सेतो चन्दन वा गोपी चन्दन लगाएर श्री हरिको पूजा गर्नुपर्दछ । भगवान विष्णुलाई पञ्चामृत, फूल र ऋतु अनुसारको फल अर्पित गर्नु पर्दछ । सके २ बेला नसके एक वेला व्रत बस्तु पर्दछ । व्रत गर्न नसक्नेले पूर्ण सात्विक आहार ग्रहण गर्नु पर्दछ । साझँ आहार ग्रहण गर्नुअघि पानीमा दीपदान गर्नु पर्दछ ।

व्रतको लाभ के हुन्छ ?
१. यस व्रतको दिन न्यानो कपडा, अन्नको दान गरे शुभ फल प्राप्त हुने मान्यता छ ।

२. श्री हरिलाई अर्पण गरेको मौसम अनुसारका फल प्रसादका रूपमा ग्रहण गरे रोगी व्यक्ति स्वस्थ हुने मान्यता छ ।

३. श्री हरि की पूजामा अनिवार्य लक्ष्मीजीका साथ गर्नुपर्दछ । यसो गर्नाले दाम्पत्य जीवन सुखद हुने र अविवाहितहरुको विवाह चाँडै हुनेछ ।

४. श्री हरिलाई चाँदीको पात्रबाट पञ्चामृत अर्पित गरेमा हरी प्रसन्न भई घरमा श्रीसम्पती प्राप्त हुने मान्यता छ ।

५. रेशमको पहेलो धागो श्री हरिलाई अर्पित गरी “रां रामाय नमः“ को १०८ पटक जाप गरेर दाहिने हातमा बाधेमा हरेक काम सम्पन्न हुने मान्यता छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ५ : ४० बजे

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता