कोरोना संक्रमणबाट भुटानमा एक व्यक्तिको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट भुटानमा एक व्यक्तिको मृत्यु


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।

भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो।

डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी हस्पिटल भर्ना भएका थिए।

भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १ : ०५ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन