धेरै यौनसम्पर्क गरेकै कारण पृथ्वीबाटै हराउँदैछ यो जीव | Khabarhub Khabarhub

धेरै यौनसम्पर्क गरेकै कारण पृथ्वीबाटै हराउँदैछ यो जीव


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सृष्टि, स्वास्थ्य, प्रेम, सामित्यता र शारिरिक सन्तुष्टिका लागि यौन आवश्यक मानिन्छ । तर, यही आवश्यकता कहिलेकाहीँ मृत्यु, अझ त्यो भन्दा बढि कुनै निश्चित प्रजातिको अस्तित्व नै संकटमा पारिदिने अस्त्र बन्दोरहेछ ।

लगातार १४ घण्टासम्म यौनक्रिडामा लिप्त रहने जीव यान्टइकाइनस लोपोन्मुख प्रजातिमा सूचिकृत भइसकेको छ । लामो समयसम्म सम्भोगमा मग्न रहँदा उनीहरू सजिलै दुस्मनको शिकार हुने गर्छन् । यौनकै कारण यो जीव मासिने क्रम निरन्तर बढ्दो छ ।

यान्टइकाइनस मुसोजस्तै देखिन्छ । हालम्म वैज्ञानिकहरूले यसको पाँच प्रजाती पत्ता लगाइसकेका छन् । सामान्यतया कालो पुच्छर भएको ध्वाँसे र चम्किलो टाउको भएको गरी दुई प्रजातिलाई चाहिँ सजिलै ठम्याउन सकिन्छ ।

सामान्यतया जनावरहरू एउटा निश्चित मौसम या अवधिमा यौन सम्बन्ध राख्छन् । यो अजीवको जीव चाहिँ हप्तौंसम्म राशक्रिडामा मग्न रहन्छ ।

प्रत्येक यान्टइकाइनसले धेरै यौनसाथीसँग सम्बन्ध राख्न रूचाउँछ । अत्याधिक यौन सम्बन्ध नै यो जीवको अस्तित्व मेटिने प्रमुख कारण रहेको वैज्ञानिकहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ११ : ०५ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले