विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही गरिने « Khabarhub

विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही गरिने


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ ।

सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।

विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने जनाएको हो । विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिनफिड लागू भएको साढे दुई महिनासम्म कानूनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिए ।

उहाँका अनुसार यसअघि कानूनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरुपमा जानकारी गराइएको र पटकपटकको अनुरोधमा सुधार नआएपछि कारवाही हुनेछ ।

“कानूनको पालना गर्नु हामी सबैको कर्तव्य हो, एक पटक गल्ती गर्नेलाई छुट दिइन्छ, तर पटक पटक सोही गल्ती गर्नेलाई छुट नभएर कारवाही हुन्छ”, उनले भने ।

विसं २०७६ मा ल्याइएको विज्ञापन ऐनअनुसार २०७७ कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण भएका छन् ।

शुरुआती चरणमा केही च्यानल रोकिए पनि हाल सबै च्यानल पुनःविज्ञापनरहित रुपमा प्रसारण शुरु भइसकेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : १५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र