के अभिभावकले कान्छो सन्तानलाई बढि माया गर्छन् ? | Khabarhub Khabarhub

के अभिभावकले कान्छो सन्तानलाई बढि माया गर्छन् ?


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै अभिभावकलाई तपाईंलाई कुन सन्तानको माया बढि लाग्छ भनेर सोधियो भने जवाफ आउँछ सबैको बराबर लाग्छ । स्वभाविक पनि हो आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्यारो लाग्छ । अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ ।

तर, अमेरिकामा भएको एउटा सर्भेक्षणले भने आमाबुवाले सन्तानमध्येमा कान्छो सन्तानको माया बढि लाग्ने देखाएको छ । अमेरिकाको ब्रिगम यंग यूनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको सर्वेक्षणमा अभिभावकले कान्छो सन्तानलाई सबैभन्दा बढि माया गर्ने ठहर गरेको छ ।

हुनत कान्छो सन्तानलाई बढि माया गर्नुको अर्थ अरु सन्तानलाई माया नगर्ने वा वेवास्ता गर्ने भन्ने हुदैँन । अभिभावक पहिलो पटक आमाबुवा बन्न पाउँदा जेठो सन्तान विशेष मान्दछन् । तर, पहिलो सन्तानपछि अरु सन्तान भएपछि आमाबुवाको माया स्वभाविक रुपमा बाँडिन्छ । यस्तोमा कान्छो सन्तान सानो भएकै कारणले उसको हेरचाहमा अभिभावक बढि केन्द्रित हुदा उसप्रती बढि माया गएको देखिन्छ ।

कतिपय जेठो माइलो वा कान्छो अघिका सन्तान आफ्ना अभिभावकबाट कम माया पाएको गुनसो गर्छन् । कतिपय अवस्थामा यही भावनाले दाजुभाई र दिदीबहिनीबीच मनमुटाव समेत हुन्छ । तर अभिभावकले गर्ने मायाको मापन गर्न नसकिने भएकाले उनीहरुको प्रेमको तुलना गर्नु असम्भव झै हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ०६ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले