के अभिभावकले कान्छो सन्तानलाई बढि माया गर्छन् ? « Khabarhub

के अभिभावकले कान्छो सन्तानलाई बढि माया गर्छन् ?


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कुनै अभिभावकलाई तपाईंलाई कुन सन्तानको माया बढि लाग्छ भनेर सोधियो भने जवाफ आउँछ सबैको बराबर लाग्छ । स्वभाविक पनि हो आमाबुवालाई आफ्ना हरेक सन्तान उत्तिकै प्यारो लाग्छ । अर्थात आमाबुवाको माया हरेक छोराछोरीमा बराबरी हुन्छ ।

तर, अमेरिकामा भएको एउटा सर्भेक्षणले भने आमाबुवाले सन्तानमध्येमा कान्छो सन्तानको माया बढि लाग्ने देखाएको छ । अमेरिकाको ब्रिगम यंग यूनिभर्सिटीको स्कुल अफ फेमिली लाइफले गरेको सर्वेक्षणमा अभिभावकले कान्छो सन्तानलाई सबैभन्दा बढि माया गर्ने ठहर गरेको छ ।

हुनत कान्छो सन्तानलाई बढि माया गर्नुको अर्थ अरु सन्तानलाई माया नगर्ने वा वेवास्ता गर्ने भन्ने हुदैँन । अभिभावक पहिलो पटक आमाबुवा बन्न पाउँदा जेठो सन्तान विशेष मान्दछन् । तर, पहिलो सन्तानपछि अरु सन्तान भएपछि आमाबुवाको माया स्वभाविक रुपमा बाँडिन्छ । यस्तोमा कान्छो सन्तान सानो भएकै कारणले उसको हेरचाहमा अभिभावक बढि केन्द्रित हुदा उसप्रती बढि माया गएको देखिन्छ ।

कतिपय जेठो माइलो वा कान्छो अघिका सन्तान आफ्ना अभिभावकबाट कम माया पाएको गुनसो गर्छन् । कतिपय अवस्थामा यही भावनाले दाजुभाई र दिदीबहिनीबीच मनमुटाव समेत हुन्छ । तर अभिभावकले गर्ने मायाको मापन गर्न नसकिने भएकाले उनीहरुको प्रेमको तुलना गर्नु असम्भव झै हुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ०६ बजे

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल