अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय « Khabarhub

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो ।

तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ । तसर्थ मानिसले दैनिक औसत ७ देखि ८ घण्टासम्म सुत्नुपर्दछ । आज हामी निन्द्रा नपर्ने समस्याका केहि समाधानबारे चर्चा गर्नेछौ ।

१. बेलुका ओछ्यानमा जानु १ घण्टाअघि अनिवार्य रुपमा मोवाइल, ल्यापटप, कम्प्युटर एवम् टेलिभजन बन्द गर्नुहोस् ।
२. ओच्छ्यानमा सुत्न त्यसबेला मात्र जानुहोस्, जब तपाईंलाई मज्जाले निन्द्राले च्याप्छ ।
३. ओछ्यानमा पल्टिसकेपछि आखाँ बन्द गरेर सुत्ने प्रयाश गर्नुहोस्, जागै नबस्नुहोस् ।
४. यदि ओछ्यानमा पल्टिएको २५ मिनेटसम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई अल्छी लाग्ने काम गर्न थाल्नुहोस् ।
५. राती निन्द्रा नपर्ने समस्या भएकाहरुले भुलेर पनि दिउँसो सुत्ने बानी बसाल्नु हुदैँन ।
६. आफूले सुत्ने र उठ्ने समय तालिका नियमित एकै समयको पार्नुहोस् ।
७. ओछ्यानमा जानुअघि ६ घण्टा पहिलेदेखि कफी, मदिरा र निकोटिनको प्रयोग नगर्नुहोस् ।
८. रातको खाना खाइसकेपछि साधारण काममा व्यस्त हुनुहोस् ।
९. भोको पेट वा धेरै खाएमा पनि राम्रो निन्द्रा पर्दैन त्यसैले ठिक्क मात्र खानुहोस् ।
१०. सुतेको समयमा फोनमा कुराकानी गर्ने बानी त्याग्नुहोस् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ३६ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको