सञ्चारमन्त्री गुरुङको प्रश्न : ताजा जनादेशमा जाऔँ भन्नु कसरी असंवैधानिक ? « Khabarhub

सञ्चारमन्त्री गुरुङको प्रश्न : ताजा जनादेशमा जाऔँ भन्नु कसरी असंवैधानिक ?


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन ।

काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत भएको बताए ।

उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए ।

“मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रश्न गरे ।

मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे ।

“ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ”, मन्त्री गुरुङले भने, “अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।”

उनले प्रेस स्वतन्त्रताका नाममा पत्रकारले अराजकता निम्त्याउने भूमिका खेल्न नहुने धारणा राखे ।

पत्रकारले समाजलाई दिशानिर्देन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “प्रेस स्वतन्त्रताको नाममा अराजकता निम्त्याउने भूमिकामा पत्रकार लाग्नु हुँदैन ।”

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ५ : ५१ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको