कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा | Khabarhub Khabarhub

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ।

मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ।

‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ।

यासिनले यसअघि गत अक्टुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए। त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए।

यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ।

मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो। लुटपाट समेत बढेको थियो।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर