इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्री खुला « Khabarhub

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्री खुला


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज शुक्रवारदेखि सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ ।

बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्कासन गर्न लागिएको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने सक्नेछन् ।

आज कार्यालय समयबाट खुल्ला हुने आइपीओ छिटोमा माघ ६ गते बन्द हुनेछ । तर त्यस अवधिभित्र पनि पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : १३ बजे

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती

यी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,